धार्मिक सहिष्णुता कायम गर्न सभासदहरुको आग्रह

Avatar photo
Dhadingpost
बिहिबार, पुस १७, २०७१

मुलपानी । धार्मिक सहिष्णुता कायम राखेर जान धादिङ क्षेत्र नं. १ का सभासदह्रले सबै पक्षहरुसंग आग्रह गरेका छन् ।
धादिङको मुलपानी गाउँ विकास समिति वडा नं. ७ मा निर्माण गरिएको तमुलाभ गुम्बाको बुधबार उद्घाटनको क्रममा धादिङ क्षेत्र नं. १ बाट निर्वाचित सभासद धनबहादुर घले र धादिङका समानपातिक सभासद् परशुराम तमाङले यस्तो आग्रह गर्नुभएको हो । तमु ल्होसारको अवसर पारेर बुधबार एक विशेष कार्यक्रमको आयोजना गरी धादिङ क्षेत्र नं. १ बाट निर्वाचित संविधानसभा सदस्य धनबहादुर घले, धादिङका समानुपातिक सभासद परशुराम तामाङल तथा धर्मगुहरुले नवनिर्मित गुम्बाको समुद्घाटन गरेका थिए ।

गुम्बा उद्घाटन गर्नुहुँदै सभासद घलेले धार्मिक सहिष्णुतालाई कोही कसैले पनि खल्बलिन दिन नहुने बताउनुभयो । नेपालमा वर्षौदेखी कायम रहँदै आएको धार्मिक सहिष्णुतालाई जोगाउन गाउँ गाउँमा स्थापना गरिएको गुम्बाले सहयोग गरेको सभासद घलेको जोड थियो । कार्यक्रममा बोल्दै अर्का सभासद् परशुराम तामाङले धार्मिक सहिष्णुता, एकतालाई कायम राख्नुपर्ने बताउनुभयो ।

नेपाललाई धर्म निरपेक्ष घोषणा गरेता पनि एक धर्मले अर्को धर्मलाई अपमान र जवर्जस्त धर्म परिवर्तन गराउने काम गरेको भन्दै यस्ता कामहरु गर्न नहुने बताउनुभएको थियो । कोही कसैले धार्मिक सहिष्णुता खल्वल हुने काम गर्न नहुने भएकोले सबै सचेत हुनुपर्ने उहाँको राय थियो । कार्यक्रममा नेपाली काँग्रेस धादिङका सचिव भक्तबहादुर लामाले, नेकपा एमालेका रामहरी अधिकारी लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले धार्मिक मुद्दालाई नकारात्मक तरिकाले उठाउन नहुने बताएका थिए ।

कार्यक्रममा धादिङका स्थानीय विकास अधिकारी रुद्रसिं तामाङले सरकारले गुम्बा विकास कार्यक्रम स्थापना गरी काम गरिरहेको बताउनुभयो । गुम्बा उदटन कार्यक्रममा गुम्बा निर्माण गर्नका लागि सहयोग गर्नेहरुलाई सम्मान गएिको थियो । गुम्बा निर्माणको लागि मन्त्रालयदेखी जिल्ला विकास समिति, गाउँ विकास समिति लगायत विभिन्न क्षेत्रबाट सहयोग गरिएको गुम्बा निर्माण समितिका एक सदस्यले बताए । सबैतिरबाट सहयोग संकलन भएको कुल १४ लाख ५० हजार रुपैयाँको सहयोगमा गुम्बा निर्माण गरिएको समितिले जानकारी दिएको छ ।