किरान्चोकमा बल्ल सहमति भयो

Avatar photo
Dhadingpost
बिहिबार, पुस १७, २०७१

किरान्चोक । किरान्चोक गाउँ विकास समितिमा रहेको किरान्चोक कटुन्जे माध्यमिक विद्यालयमा बुधबार सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ ।
kiranchok ma vi

राजनीतिक खिचातानीका कारण लामो समयदेखी रहेको विवाद बुधबार समाधान भएपछि विद्यालय व्यवस्थापन समितिको चयन गरिएको हो ।
किरान्चोक डाँडागाउँ स्थित किरान्चोक कटुन्जे माध्यमिक विद्यालयमा बुधबार बसेको भेलाले भने विगतमा भएका पूर्वाग्रहीहरु त्याग गरेर सर्वसहमतीले विद्यालय व्यवस्थापन समितिको गठन गरिएको विद्यालयका एक अभिभावकले बताए ।

भेलाले इन्द्रबहादुर अधिकारीको अध्यक्षतामा सात सदस्यीय नयाँ व्यवस्थापन समितिको चयन गरेको छ । भेलाले कृष्णबहादुर विसुन्केको अध्यक्षतामा आठ सदस्यीय शिक्षक अभिभावक संघको समेत गठन गरेको छ । जिल्ला शिक्षा कार्यालय धादिङका विद्यालय निरीक्षक केदारप्रसाद ढकाल र स्रोतव्यक्ति शेरबहादुर अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न गरिएको भेलामा शिक्षक दिपेन्द्र भण्डारीले आर्थिक वर्ष २०७०÷०७१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भेलामा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण जम्कटेल, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न राजनीतिक दलका प्रमुख एबम् प्रतिनिधिहरु, स्थानीय बुद्धिजीवि तथा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।