घाईते तेजनारायण श्रेष्ठको निधन

Avatar photo
Dhadingpost
बुधबार, पुस १६, २०७१

bichariधादिङ पुस १६ गते । विएण्डवि अस्पताल सातदोबाटोमा उपचारत एमाओवादी नलाङ गाउँपार्टी समितिका उपाध्यक्ष तेजनारायण श्रेष्ठको निधन भएको छ ।
पुस १३ गते अम्लेश्वर आयल स्टोर मासटार बैरेनीबाट मोटर साईकलमा पेट्रोलहाली सडक पार गर्दा काठमाडौंबाट दाङ जादै गरेको बा ३ ख ५५८६ नम्बरको यात्रुबहाक बसले ठक्कर दिदा गम्भिर घाईते हुनु भएका श्रेष्ठको उपभारको क्रममा आज दिउँस १ बजे निधन भएको हो ।
एमाओवादीका पोलिट व्यूरो सदस्य शसी श्रेष्ठ केन्द्रिय सदस्यहरु पुष्पविक्रम मल्ल र कल्पना धमलाले पार्टीको झण्डा ओढाई श्रेष्ठलाई काठमाडौं आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।
आजै एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले एक प्रेस विज्ञप्ती जारी गर्दै कम्यूनिष्ठ आन्दोलनका कर्मठ योद्धा गुमाएको बताउनु भएको छ । तेजनारायण श्रेष्ठको निधनले एमाओवादी धादिङ मर्माहित भएको भन्दै दोसीमाथि कारवाही गर्न समेत विज्ञप्ती मार्फत अधयक्ष भण्डारीले माग गर्नू भएको छ ।
०४२ साल देखि कम्यूनिष्ट आन्दोलनमा लागेका श्रेष्ठ ०६४ सालदेखि एमाओवादीमा लागेर नलाङमा राजनीति गर्दै आउनु भएको थियो । श्रेष्ठको २ छोरी, २ छोरा र श्रीमती हुनु हुन्छ ।