सन् २०१४, नेपालको राजनीतिमा के के भयो

Avatar photo
Dhadingpost
बुधबार, पुस १६, २०७१

sambidhan काठमाडौं । हुन त नेपालमा आधिकारीक रुपमा विक्रम संवत् कै पात्रो चलन चल्तीमा छ । तर पनि विस्तारै इस्वी सम्वत्को पात्रोले पनि आफ्नो स्थान बनाउन थालेको छ । ईस्वी सम्वत्को पात्रो अनुसार बुधबार सन् २०१४ को अन्तिम दिन हो । बिहीबारबाट सन् २०१५ को जनवरी महिना सुरु हुन्छ । सन् २०१४ भित्र नेपालको राजनीतिमा के के घटना भए त ?

नेपालको चलन चल्तीमा रहेको विक्रम सम्वत् भन्दा करिब ५७ वर्ष कान्छो पात्रोका रुपमा रहेको ईस्वी सम्वत को सन् २०१४ मा नेपालको राजनीतिमा नयाँ संविधानको बहस प्रारम्भ भएर बहस नसकिँदै यो वर्ष सकिएको छ । सन् २०१३ को डिसेम्बरमा अर्थात् २०७० मंसिर ४ मा भएको संविधानसभाको दोस्रो निर्वाचनबाट सुरु भएको संविधान लेखनको बहस सन् २०१४ को अन्तिम सम्म पनि बहसकै रुपमा मात्र रहन पुग्यो ।

यो साल आम नेपाली जनताले आफ्नो संविधान पाउन सकेनन् । संविधानसभाको निर्वाचनले पहिलो शक्तिका रुपमा स्थापीत भएको एनेकपा माओवादलिाई तेस्रो स्थानमा लग्यो भने अघिल्लो चुनावमा राम्रै हैसियत बनाएका मधेसवादीलाई पनि सानो बनाइदियो । निर्वाचनमा धाँधली भएको भन्दै एमाओवादीले संविधानसभा बहिस्कार गर्ने घोषणा गर्‍यो । एमोवादी र मधेसवादीलाई संविधानसभामा लान कांग्रेस–एमालेले एमाओवादी र मधेसवादीलाई राखेर ०७० पौष ९ गने चार बुँदे सहमति गरे । उक्त सहमतिमा निर्वाचनको निश्पक्ष छानविन गर्नकालागि एक संसदीय समिति गठन गर्ने उल्लेख गरिएको थियो । सोहै सहमति पश्चात एमाओवादी लगायतका दलहरु संविधानसभामा जाने निर्णयमा पुगे । तर, सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले १७ पटक सोहै विषयलाई आधार बनाएर संसद अबरुट पारे । सन् २०१४ को प्रारम्भमा अर्थात् २०७० साल माघ ८ गते दोस्रो पटक भएको संविधानसभाको पहिलो बैठक बस्यो । बैठकले एक वर्ष भित्र संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान एक वर्ष भित्रका जारी गर्ने प्तिवद्धता सहित अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण समेत गरेको थियो । उक्त दिनको बैठकले आगामि २०७१ साल माघ ८ मा संविधान जारी गर्ने प्रतिवद्धजा जाहेर गर्दै सोहै अनुसारको कार्यतालीका समेत बनायो । तर, अहिले कार्यतालीका मिच्दै दलहरुले संविधानसभालाई अलपत्र जस्तै बनाइरहेका छन् ।

सन् २०१४ को प्रारम्भ सँगै नयाँ सरकार गठन समेत भयो । सर्वोच्चका तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको पुर्व प्रशासकहरुको सरकारलाई विस्थापन गर्दै नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोइराला नेतृत्वमा माघ २७ गते नयाँ सरकार गठन भयो । सरकारले पुर्णता पाउन भने करिब डेढ महिना लाग्यो । प्रमुख सत्ता साझेदार नेकपा एमालेले गृह सहित उपप्रधान मन्त्रीमा बामदेब गौतमलाई पठाउने निर्णय सच्याउन कांग्रसले माग गरेको थियो । तर, एमालेले सरकारको समर्थन छाड्ने धम्की दिएपछि बामदेबलाई नै सरकारमा ल्याइयो ।

संविधानसभाले सभाध्यक्ष पाउन पनि लामो समय कुर्नु परेको थियो । फागुन १२ मा नेकपा एमालेका नेता सुवास नेम्वाङलाई सर्बसम्मत रुपमा संविधानसभाले अध्यक्षका रुपमा चुन्यो । उनी अध्यक्ष भएपछि संविधानसभाले गति लिन थाल्यो ।

सन् ०१४ मा एकीकृत नेकपा माओवादीको विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले अध्यक्ष पुष्पकमल दाहाललाई थप शक्तिशालि बनायो । सम्मेलनले पार्टी पदाधिकारी नराख्ने निर्णय गरेको थियो । जेठमा भएको सम्मेलन पछि साउनमा पार्टीमा पुनः पदाधिकारी राख्ने निर्णय गरियो । सो अनुसार भएको पदाधिकारी निर्वाचनमा पार्टी नेता पोष्टबहादुर बोगटीलाई सबैभन्दा लोकप्रिय नेताका रुपमा मत प्राप्त भयो ।

सन् २०१४ भित्रै गत असार २४ देखि ३१ सम्म नेकपा एमालेको नवौं महाधिजवेशन भयो । महाधिवेशनले पार्टीको अध्यक्षमा केपी ओलीलाई निर्वाचित गरेको थियो । ओली निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा उनको भुमिका पनि थप जिम्मेवार बन्न पुग्यो । यहि वर्ष नेपाल प्रहरीको प्रमुखमा उपेन्द्र कान्त अर्याल आए । उनी आएपछि नेपाल प्रहरीको आन्तरीक संगठनमा केही सकारात्मक परिवर्तनहरु भए

। यही वर्ष एमाओवादीबाट विभाजन भएर बनेको नेकपा–माओवादीबाट नेता नेत्रविक्रम चन्दले सम्बन्ध विच्छेद गरे । उनले मंसिर ८ गते नेकपा माओवादी नामको अर्को दल खोले । यहि वर्षको मंसिर ९ देखि १२ गते सम्म दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को १८ औंशिखर सम्मेलन नेपालले सफल रुपमा आयोजना गरेको थियो । यहि सम्मेलनमा भारत र पाकिस्तानका सरकार प्रमुखहरुका बीचमा देखिएको तिक्ततापुर्ण सम्बन्धले सकारात्मक रुप लिएको मान्छि । सन् २०१४ मा नेपालको राष्ट्रि राजनीतिले दुई जना हस्तीहरु गुमाउन पुग्यो । एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी र एमाले नेतृ साहना प्रधानको यहि वर्ष निधन भयो ।

समग्रमा सन् २०१४ नेपालीकालागि आशै आशाको वर्षका रुपमा रहयो । यो वर्षको आरम्भबाट सुरु भएको संविधान लेखनको वहस अझै जारी छ । दलहरुका बीचमा अन्तिम समयमा आएर देखिएको ध्रुविकरणले संविधान लेखनलाई थप जटील अवस्थामा लगेको छ । सन् ०१४ ले पुरा गर्न नसकेको संविधान सपना सन् ०१५ को नयाँ वर्ष सँगै पुरा हुने आशमा छन् आम नेपाली ।
भनेर आरसी अर्यालले नेपाल सन्देश अनलाईन पत्रिकामा समचार लेख्नु भएको छ ।