खाल्टेमा ल्होसार कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १५, २०७१

rambahadur bhandariखाल्टे पुस १५ गते । एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले गुरुङ समुदायले मनाउने ल्होसार पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुकामना दिनु भएको छ ।
आज खाल्टे धुसेनीमा ल्होसार अवसरमा आयोजित भलिबल प्रतियोगिता समापन गर्दै प्रमुख अतिथि समेत रहनु भएका भण्डारीले सबैलाई शुभकामना दिनु भएको हो ।
ल्होसारको अवसरमा आयोजित उक्त भलिबल प्रतियागितामा चमेरे गुफा संरक्षण समाज खाल्टे प्रथम, गोरखनाथ निमावि तारुका नुवाकोट द्धितिय र खरवारी यूवा समाज धुवाकोट सान्तोना भएको थियो ।
पुरस्कृत टिमलाई प्रमुख अतिथि भण्डारीले क्रमस २ हजार, १ हजार ८ सय र १ हजार ५०० प्रदान गर्नु भएको थियो ।
विविध साँस्कृतिक कार्यक्रममा साथ समापन गरिएको उक्त कायृक्रममा एमाओवादी धादिङका सह सचिव मनराज भण्डारी विभिन्न संघ संस्थाका प्रतिनीनीहरुको आतिथ्यता रहेको खाल्टेबाट सन्तोस तामाङले जानकारी दिनु भयो ।