धादिङबेसी १५ गते । केहिदिन यता धादिङबेसीमा चलिरहेको महोत्सवमा अवलोकल कर्ताहरु घट्दै गहिरहेका छन् । स्टेज कार्यक्रम चलिरहँला ब्रेक समय दिन थाले पछि दर्शकहरु घट्न थालेका हुन् । सुरुमा कलाकार नपुगेर गितमात्र बजाईएको होला भन्ने ठानेका दर्शकहरुले आयोजकबाट व्यापार गर्न तपाईहरुलाई समय उपलब्ध गराएको हो यो ब्रेक त भने पछि दर्शकहरु खिन्न भएका थिए ।
धादिङबेसीमा पौष ७ गते देखि जारी मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा दर्शकहरुले सोचे भन्दा फरक महशुस गरेका छन् । महोत्सव हेर्नका लागि टाढा बाट आएका दर्शकहरुले महोत्सवमा ब्रेक र गीत नबजाउन आयोजक संस्थालाई आग्रह गरेको छ ।
ब्यापार ब्याबसायमा घाटा भएको भन्दै आयोजक संस्थाले ३० मिनेट गीत बजाएर छोड्ने र १० मिनेट ब्रेक को समय केही दिन देखि मात्र सुरु गरेको छ । तर अवलोकन गर्न आएका दर्शकहरुले भने यस्तो कार्य नगरि दिन आयोजकलाई आग्रह गरेको छ । आयोजकले आज झन नयाँ नियम बनाएको छ, स्टल पास भन्दा बाहेक कुनै पनि पास देखाएर महोत्सव स्थल छिर्न नपाईने बताएको छ । आफै पास बनाएर गल्ली– गल्ली बाड्दै हिड्ने अनि फेरि त्यहि पासलाई नो इन्ट्री भन्नु कति उचित ?
(माथि राखिएको फोटो कृषि स्टलको हो कृषिलाई जोड दिईएको महोत्सव भित्र कृषि स्टलको लथालिङग छ । कमसेकम कृषि जन्य सामाग्री त देखाउनु पर्छ नि रु कि ब्यानर नराखेको भए नि हुने ।)






