धुषाको गाउँ परिषद सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

धुषा । धादिङको दक्षिण क्षेत्रमा पर्ने धुषा गाँउ विकास समितिको गाउँ परिषद सम्पन्न भएको छ । गाउँ परिषदले आर्थिक बर्ष २०७२/०७३ को लागि विभिन्न शिर्षकमा बजेट विनियोजीत गरिएको छ ।
गाउँ विकास समितिका सचिव चुणामणि पुरीकोे अध्यक्षतामा सम्पन्न परिषद्ले आर्थिक वर्ष २०७२/०७३ कोे चालु खर्च तर्फ ९ लाख ९८ हजार, पुँजीगत तर्फ ३० लाख ६६ हजार र अन्य योजना तर्फ १३ लाख १७ हजार ५ सय ६५ रुपैँया विनियोजीत गरिएको सचिव पुरीले जानकारी दिनुभयो ।
त्यस्तै परिषद्ले आगामी आर्थिक वर्ष २०७२/०७३ का लागी महिला लक्षित ३ लाख ६३ हजार ५ सय १३, बालबालिका लक्षित २ लाख ६३ हजार ५ सय १३, जनजाती, दलित, जेष्ठ नागरिक, अपाङ्गता शिर्षकमा ३ लाख ५२ हजार ६ सय ९० र कृषि तर्फ ३ लाख ५२ हजार ६ सय ९० रुपैया विनियोजित गरेको छ ।