महोत्सवमा आज पूर्णकला विसि, आस्था राउत र जीवन शर्मा आउँदै

Avatar photo
Dhadingpost
बुधबार, पुस ९, २०७१

1धादिङबेसी पुस ९ गते । घरेलु उद्योेग, कृषि जलश्रोत, पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु गरिएको धादिङ महोत्सव जारी छ ।
आईतवार पूर्व प्रधान मन्त्री सेरबहादुर देउवाले उद्घाटन गरि सुरु गरिएको महोत्सवमा हिजो चर्चित लोक गाएक पशुपति शर्मा र लोक गायिका राधिका हमालले भर पुर मनोरञ्जन दिएका थिए । घरेलु उद्योग, कृषि प्रदर्शनी, दुग्धजन्य उत्पादन, हस्तकला, घरेलु उपयोगका विद्युत्तिय तथा अन्य सामाग्रीका साथै वाल उद्यान, लघु चिडियाघर जस्ता बिशेष प्रदर्शनी महोत्सवमा रहेको छ ।
महोत्सवमा करिव १५ करोडको कारोवार हुने आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष चन्द्रकान्त अधिकारी वताउनु भयो । यस पटकको महोत्सवमा बिशेषगरी जिल्लाको कृषि जन्य उत्पादनलाई प्राथमिकता दिंदै जिल्ला कृषि विकास कार्यालय तथा कृषि क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको आयोजनामा महोत्सव स्थल भित्र छुट्टै प्रतियोगितात्मक कृषि प्रदर्शनीको पनि आयोजना गरिएको छ ।
मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौथो धादिङ महोत्सवको तेश्रो दिन भोलि चर्चित गायक पूर्णकला विसि, गायिका आस्था राउत र जन गाएक जीवन शर्मा लगाएत आउने बताइएको छ ।