धादिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शनिबार, पुस ५, २०७१

khelधादिङबेसी पुस ४ गते । धादिङमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी चैत्र २७ देखि २९ सम्म हुने भएको छ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीले पत्रकार सम्मेलन गर्दै शुक्रवार उक्त जानकारी गराउनु भएको हो ।
राष्ट्रियस्तरमा देशलाई अवश्यकता पर्ने स्वस्थ, अनुसासित र सृजनशीलन नागरीक तयार पार्न गर्न लागिएको यस रनिङ शिल्डको छनौट खेल भने क्षेत्रिय स्तर हुने र क्षेत्र बाट छानिएर आएका खेलाडिलाई जिल्ला स्तरको खेलमा प्रतिस्पर्धा गराईने अध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा बताउनु भयो ।
क्षेत्रिय खेल तालिका अनुसार क्षेत्र नं १ को खेल फागुन १४ देखि १६ गते सम्म बसेरी माविमा , क्षेत्र नं. २ अन्तरगतको खेल धादिङ आवसीय उमाविमा फागुन ७ देखि ९गते सम्म र क्षेत्र ३ को फागुन १ देखि ३ गते सम्म चन्द्रोदय मावि विशालटारमा आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।