काठमाडौं मंसिर २४ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायीत्व कायम हुनुपर्ने बताउनुभएको छ । गन्तव्य नेपाल पब्लिकेशनद्वारा राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै उहाँले अबको राजनीतिक एजेण्डा नै आर्थिक क्रान्ति हुनुपर्नेमा जोड दिनुभयो ।
एमाओवादी अध्यक्षसमेत रहनुभएका प्रचण्डले देशमा आर्थिक क्रान्ति गर्नको लागि आफुहरुले उत्पादन विग्रेट अवधारणा अघि बढाएको बताउँदै अब नयाँ संविधानको माध्यामबाट त्यसलाई कार्यन्वयनमा ल्याउने उद्घोषसमेत गर्नुभयो । अहिले देश संविधान निर्माणमा केन्द्रित भएको बताउँदै उहाँले माघ ८ मै जनताको संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।
सभासद् जगदिसनर्सिङ केसीले नयाँ संविधान समयमै निर्माण गर्नुको विकल्प नरहेको बताउनुभयो । अर्का सभासद् रविन्द्र अधिकारीले देशको आर्थिक विकासको लागि राजनीतिक दलहरु एक हुनुपर्ने बताउनुभयो । उहाँले सार्क सम्मेलनको अवसरमा भएको नेपाल– भारत सवारी सम्झौता नेपालको हितमा परिणत गर्नुपर्ने बताउनुभयो । त्यस्तै सभासद् उषा बोगटीले पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले विगत लामो समयदेखिको राजनीतिक संक्रमणकालिन अवस्थाले गर्दा देशको आर्थिक अवस्था अधोगतितर्फ अघि बढिरहेको बताउँदै राजनीतिक दलहरुले अब आर्थिक क्रान्तिको मुद्धालाई अघि बढाउनुपर्ने बताउनुभयो ।
सोही अवसरमा प्रचण्डले गन्तव्य नेपाल साप्ताहिकको औपचारिक लोकार्पणसमेत गर्नुभएको थियो । यसैबीच, पर्यटन क्षेत्रमा योग्दान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरुमा कर्णबहादुर रानाभाट, नमराज गौंली, छिरिङ ढुण्डुप, रामचन्द्र गिरी, दावाछिरी शेर्पा, भवि शर्मा, सञ्जय पराजुली, डम्बबहादुर अधिकारी, बोधराज रेग्मी हुनुहुन्छ । सोही अवसरमा ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलिया, बुद्धिष्ट सर्किटका अभियनता विक्रम पाडें, पर्यटन व्यवसायी मनोजकुमार श्रेष्ठ र गीता गुरुङलाई पनि अभिनन्दन गरिएको थियो ।