बीबीसीका महानिर्देशक जर्ज एन्टविसलले पदबाट राजिनामा

Avatar photo
Dhading Post
सोमवार, कार्तिक २७, २०६९

लन्डन, कात्तिक २६ (एजेन्सी) बाल यौन शोषणबारे तयार गरेको एउटा समाचारीय सामाग्रीका कारण बीबीसीका महानिर्देशक जर्ज एन्टविसलले पदबाट राजिनामा दिएका छन्। एक बेलायती नेतालाई बाल यौन शोषणबारे तयार गरिएको सामाग्रीमा गलत तरिकाले प्रस्तुत गरेपछि विवाद उठेको थियो।

शनिबार राति एन्टविसले प्रसारित सामाग्रीप्रति नैतिक जिम्मेबारी लिएका छन्।
बीबीसी मुख्यालयको बाहिर जर्ज एन्टविसले आठ साता लामो पद त्यागेको जानकारी दिए। ुपछिल्लो परिस्थितिका कारण बीबीसीले नयाँ नेतृत्व खोज्नुपर्ने भएको छ,ु उनले भने।

बेलायती संसदको मिडिया हेर्ने संसदीय समितिका अध्यक्ष जोन ह्वाइटिङ्डेलले उनीसामु राजिनामाको कुनै विकल्प नरहेको बताएका थिए। जनताको पैसाले चलेको मिडियामा यस्तो गैरजिम्मेबार कुरा आउनुलाई उनले आपत्तीपूर्ण भने।

फोन ह्याकिङ प्रकरणपछि यो मिडियामा आएको सबैभन्दा चर्चित विवाद हो।