सधैं चर्चामा, धादिङ देखि अष्ट्रिया सम्म कुमार अधिकारी

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २३, २०७२

धादिङबेसी फागुन २३ । नीलकण्ठ नगरपालिका धादिङबेसीका कुमार अधिकारी धादिङमा रहँदा पनि चर्चामा थिए भने रोजगारीका लागि अष्ट्रिया पुगेका पुगेका उनी त्यहा पनि चर्चामा नै छन् । समाज सेवामा उत्सहजनक सहभागिता तत्परता देखाएर धादिङमा चार्चामा रमाउने उनी अष्ट्रियामा एनआएनको चुनावले चर्चामा आएका छन् ।
स्व. धन बहादुर अधिकारी तथा आमा सन्तकुमारी अधिकारीको कोख बाट २०३८ सालमा धादिंगबेसीमा जन्मनु भएका कुमार अधिकारीले मार्च २७ तारिकमा हुने एनआरएन अष्ट्रियाको चुनाबमा उपाध्यक्ष पदको लागि दाबेदार गर्नु भएको छ ।
नेपाल हुँदा सदै चर्चामा रहने कुमार अधिकारी समाज सेवामा पनि सदै अग्रसर हुनुहुन्छ । धादिङबेसीमा पहिलो पटक रोडमा २० वटा रोडलाइट हाली समाज सेवा सुरु गर्नु भएका अधिकारी अहिले पनि विभिन्न माध्यमबाट विभिन्न किसिमले आर्थिक देखि जीन्सी सम्मले अष्ट्रियामा बसेर सहयोग गर्दै आउनु भएको छ । एनआरएन पनि परोपकारी कामको लागि एउटा ठुलो चौतारी भएकोले कुमार अधिकारीले पनि उपाध्यक्ष पद मा उमेदबारी दिनु भएको छ ।
मैले परोपकारी कामको लागि सहयोग पुर्याउन र नेपालको लागि केहि गरौं भन्ने अभिप्रायले उपाध्यक्षमा उम्मेदवारी दिने सोच बनाएको धादिङपोष्टलाई बताउनु भयो ।