राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल आज बेनीघाट रोराङ आउँदै

Avatar photo
Dhadingpost
मंसिर १३, २०८३

धादिङ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल आज धादिङको बेनीघाट रोराङ गाउँपालिका आउने भएका छन् ।

गाउँपालिकाको आयोजनामा हुन लागेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण समारोहमा सहभागी हुन अध्यक्ष दाहाल हर्कपुर माध्यमिक विद्यालय आउने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

हर्कपुर माध्यमिक विद्यालयमा बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा कक्षा ५, आधारभूत तह (बीएलई) र एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकलाई सम्मान र पुरस्कार वितरण गरिनेछ ।

त्यसैगरी सहिद इन्द्रबहादुर थपलिया स्मृति बेनीघाट रोराङ शैक्षिक पुरस्कार वितरण, विद्यालय कर्मचारी सम्मान तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यालय र खेलाडीलाई पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।