कपुर गाउँमा आयोजित वडा कप भलिबलको उपाधि डेम्डुङ समाजलाई

Avatar photo
Dhadingpost
कार्तिक २४, २०८३

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–५ स्थित कपुर गाउँमा आयोजित वडा कप पुरुष भलिबल प्रतियोगिताको उपाधि डेम्डुङ समाज नेपालले जितेको छ ।

तेम्बो दर्शन युवा क्लबको आयोजनामा कात्तिक १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा रुबी भ्याली गाउँपालिका–३ सेर्दुङस्थित डेम्डुङ समाज नेपाल प्रथम भएको हो ।

प्रतियोगितामा लापा युवा क्लब दोस्रो हुँदा तेम्बो दर्शन युवा समाजले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार रुपैयाँ, दोस्रो हुने टोलीले ४५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजेता टोलीहरूलाई नगद पुरस्कारसँगै ट्रफी र मेडलसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।