सिम्ले फुटबलको उपाधि आयोजक जनजागरणलाई

Avatar photo
Dhadingpost
कार्तिक ११, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–२, सिम्लेमा आयोजित तेस्रो ६ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक जनजागरण युवा क्लब (सी) ले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा जनजागरण युवा क्लबले जनआवाज युवा क्लब मानेको टोलीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताको विजेता जनजागरण युवा क्लबले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जनआवाज युवा क्लब मानेले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

जनजागरण तमु समाज, सिम्ले (खेलकुद विभाग) को आयोजनामा सञ्चालित प्रतियोगितामा २६ टोलीले सहभागिता जनाएका थिए । पुरस्कार वितरण समारोहमा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।