
धादिङ । धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवसिय माध्यामिक विद्यालयमा तहगत कराँते स्तरोन्नति परीक्षा सम्पन्न भएको छ । परीक्षामा सहभागी प्रशिक्षार्थी तथा खेलाडी विद्यार्थीहरूले बेल्ट अपग्रेड गरेका छन् ।
प्रधानाध्यापक षष्टिकुमार श्रेष्ठको उपस्थितिमा सम्पन्न परीक्षाको सहजीकरण तथा मूल्यांकन धादिङ सितेरियो कराँते डोका जिल्ला प्रमुख प्रशिक्षक भीमबहादुर गुरुङले गरेका थिए । विद्यालय प्रशिक्षक सुदिप श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
परीक्षामा सफल सम्पूर्ण प्रशिक्षार्थी तथा खेलाडी विद्यार्थीलाई बधाई तथा शुभकामना दिइएको छ ।
यसैबीच, Rising Player Award अन्तर्गत Anuska Kasai (3R) र Salin Gurung (4R) उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
