
धादिङ । एड्भान्स एकेडेमीकी विद्यार्थी स्मारिका श्रेष्ठ प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएकी छन् ।
कस्मस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरद्वारा आयोजित प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत छात्रा श्रेष्ठले प्रथम स्थान हासिल गरेकी हुन् । प्रथम स्थान हासिल गरेसँगै उनलाई नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।
स्मारिकाको सफलताप्रति एड्भान्स एकेडेमीका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उनले विद्यार्थीको मेहनत र प्रतिभाको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना दिएका छन् ।
प्रतियोगितामा प्रदेशस्तरमै प्रथम स्थान हासिल गर्नु विद्यालय तथा धादिङका लागि पनि गौरवको विषय भएको विद्यालयले जनाएको छ ।
