मलेखुमा भदौ १३ गते भलिबल प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
भदौ ८, २०८३

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–३ मलेखु खेल मैदानमा आगामी भदौ १३ गते खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

खेलप्रेमी तथा स्थानीय खेलाडीको सहभागितामा हुने प्रतियोगिता भदौ १३ शनिबार बिहान ८ बजेदेखि बेलुका ४ः४५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन रु. ३ हजार ५०० प्रवेश शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले रु. ११ हजार र दोस्रो हुने टिमले रु. ७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

आयोजकले प्रतियोगितामा सहभागी हुन तथा खेलाडीहरूलाई हौसला प्रदान गर्न खेलप्रेमीहरूलाई आग्रह गरेको छ ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि सुदर्शन कँडेल (९८५१०८३७६७), समीर हुसेन (९८५१२७४७८६) तथा दिपेन्द्र तामाङ (९८४१०६१६०६) लाई सम्पर्क गर्न सकिनेछ।