रास्वपा धादिङको ‘हामी सुन्छौँ’ अभियान आजदेखि सुरु

Avatar photo
Dhadingpost
भदौ ४, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले नागरिकका गुनासा, सुझाव, समस्या तथा आवाज प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन सुरु गरेकाे छ ।

रास्वपा धादिङका अनुसार अभियान २०८३ भदौ ४ गतेदेखि भदौ २६ गतेसम्म याे अभियान धादिङबेसी स्थित पार्टी कार्यालयमा सञ्चालन हुनेछ । हामी जनताका गुनासाे निरन्तर सुनिरहेका छाै तथापि याे अभियान नै संचालन पार्टीका विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरू तोकिएको दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नागरिकसँग प्रत्यक्ष संवादका लागि उपलब्ध हुने अध्यक्ष राजन अर्यालले बताए ।

हामी सुन्छौँ’ अभियान अन्तरगत पार्टीकार्यलयमा रहने नेताकाे तालिका

  • भदौ ४: राजन अर्याल, सभापति — ९८६०१६६११२
  • भदौ ५: श्रवण त्रिपाठी, उपसभापति — ९८५१०१९८०१
  • भदौ ८: राम भण्डारी, सचिव — ९८६७८९७५९८
  • भदौ ९: श्रीराम आचार्य, सहसचिव — ९८४१७००९१४
  • भदौ १०: मदन भण्डारी, कोषाध्यक्ष — ९८५११६४२१२
  • भदौ ११: उषा कार्की, सदस्य — ९८४४३७०१४६
  • भदौ १५: सुन्दर अधिकारी, सदस्य — ९८४५०८५०७२
  • भदौ १६: रामकृष्ण सेवा, सदस्य — ९८४१०६६९०५
  • भदौ १७: सानुपल्ली मगर, सदस्य — ९८४१६७६८७६
  • भदौ १८: रामजी पाठक, निर्वाचन क्षेत्र नं. १ सभापति — ९८४१९७०२६६
  • भदौ २२: अमृता केसी अधिकारी, निर्वाचन क्षेत्र नं. १ उपसभापति — ९८६६२८११७१
  • भदौ २३: प्रवेश धरेल, निर्वाचन क्षेत्र नं. १ सचिव — ९८६०६२३५९२
  • भदौ २४: राजेन्द्र अधिकारी, निर्वाचन क्षेत्र नं. २ सभापति — ९८५१०५९९८३
  • भदौ २५: ओम प्रकाश कारखेती, निर्वाचन क्षेत्र नं. २ उपसभापति — ९८४३१८०७४०
  • भदौ २६: माधवराज अधिकारी, निर्वाचन क्षेत्र नं. २ सदस्य — ९८४१०६४०७८

रास्वपा धादिङले अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षा बुझ्ने जनाएको छ । अभियानमा सहभागी भई आफ्ना कुरा राख्न चाहने नागरिकले सम्बन्धित दिन तोकिएका पदाधिकारीलाई सम्पर्क गर्न सक्नेछन् ।