
कतार । धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन आगामी ११ सेप्टेम्बर २०२६ मा हुने भएको छ । अधिवेशनसँगै नयाँ कार्यसमिति चयन गरिने भएकाले समाजले कतारमा रहेका धादिङवासीलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन आह्वान गरेको छ ।
धादिङ सेवा समाज कतारले १८ अगस्ट २०२६ मा जारी गरेको सूचनाअनुसार समाजको विधानको परिच्छेद–१४, दफा १, उपदफा (ग) को प्रावधानअनुसार नयाँ कार्यसमिति २०२६/२०२८ का लागि आठौँ अधिवेशन आयोजना गर्न लागिएको हो ।
अधिवेशनमा सहभागी हुनका लागि ४ सेप्टेम्बर २०२६ सम्म मात्र सदस्यता आवेदन तथा सदस्यता नवीकरण गर्न सकिने समाजले जनाएको छ । निर्वाचन समितिले वैधानिक सदस्यता प्राप्त नगरेका सदस्यहरूलाई आठौँ अधिवेशनमा सहभागी हुन अयोग्य ठहरिने भएकाले तोकिएको समयभित्रै सदस्यता प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।
सातौँ अधिवेशनबाट आयुष घले अध्यक्ष बनेका थिए
धादिङ सेवा समाज कतारको २०८१ भदौमा सम्पन्न सातौँ अधिवेशनबाट नेत्रावती डबजोङ गाउँपालिका–कटुञ्जेका आयुष घले अध्यक्षमा चयन भएका थिए। घलेको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको कार्यकालपछि अब हुने आठौँ अधिवेशनले नयाँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
आठौँ अधिवेशनले आगामी कार्यकालका लागि समाजको नेतृत्व तथा नयाँ कार्यसमिति चयन गर्ने भएकाले यसपटकको अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।
सदस्यता तथा नवीकरणका लागि सम्पर्क व्यक्ति
समाजले कतारका विभिन्न स्थानमा रहेका धादिङवासीलाई सहज रूपमा सदस्यता लिन तथा सदस्यता नवीकरण गर्नका लागि सम्पर्क व्यक्तिहरू तोकेको छ।
- सोम नाथ कडेल- ३३३०७२३०
- आयुष घले- ३३२९३०४९
- रामहरि श्रेष्ठ- ५०५१४९५२
- शंकर तामाङ- ५०८०४३०१
- सुदीप खतीवडा- ३३६१३५५८
- रमेश इतानी- ३१०५६८४२
- बिनोद गोले- ७४७३०२००
- गणेश अर्याल- ७२२३६५९४
- इन्दिरा परियार- ३१५०८५१०
- मिलन राना भाट- ५००७५३८९
समाजका अनुसार नयाँ सदस्यता प्राप्त गर्न तथा सदस्यता नवीकरण गर्न धादिङ सेवा समाज कतारको आधिकारिक माध्यमबाट आवेदन दिन सकिनेछ । सदस्यतासम्बन्धी आवश्यक जानकारी तथा सहजीकरणका लागि तोकिएका सम्पर्क व्यक्ति, वर्तमान कार्यसमिति वा निर्वाचन समितिका सदस्यहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले कतारमा रहेका धादिङवासीलाई संगठित गर्दै सामाजिक सेवा, आपसी सहयोग तथा धादिङसँग सम्बन्धित विभिन्न गतिविधिमा योगदान पुर्याउँदै आएको छ ।
