
धादिङ । धादिङ जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा परिचित एड्भान्स एकाडेमीमा ‘Sunday is Fun Day’ कार्यक्रमअन्तर्गत चित्रकला तथा कथा लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, कल्पनाशक्ति तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच चित्रकला तथा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच कथा लेखन प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो सिर्जनशीलता र प्रतिभा प्रस्तुत गरेका थिए ।
चित्रकला प्रतियोगिताका विजेता
कक्षा १
- प्रथम : Serina Shrestha
- द्वितीय : Mahir Shrestha
- तृतीय : Rejisha Tamang
कक्षा २
- प्रथम : Aagyshree Shrestha
- द्वितीय : Shreyasi Shrestha
- तृतीय : Suhana Shrestha
कक्षा ३
- प्रथम : Aakib Khatri
- द्वितीय : Roshni
- तृतीय : Sejal Shrestha
कक्षा ४
- प्रथम : Shital Magar
- द्वितीय : Gukul Tamang
- तृतीय : Susmita Rokaya
कक्षा ५
- प्रथम : Samarika Shrestha
- द्वितीय : Supriya Shai
कथा लेखन प्रतियोगिताका विजेता
कक्षा ६
- प्रथम : Samira Gurung
- द्वितीय : Prasidol Bhatta
- तृतीय : Aagya Shai
कक्षा ७
- प्रथम : Sushmita Gurung
- द्वितीय : Sarathi Shakya
- तृतीय : Rachana Jamkotel
कक्षा ८
- प्रथम : Mansoon Thapa Magar
- द्वितीय : Suhan Gurung
- तृतीय : Prasana Thapa Magar
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विद्यालयका भाइस प्रिन्सिपल नवीन थापा, किरण गुरुङ तथा सुनीता तामाङले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै हरेक आइतबार विभिन्न सिर्जनात्मक, बौद्धिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास, लेखन क्षमता, कल्पनाशक्ति तथा नेतृत्व क्षमताको विकासमा योगदान पुग्ने विद्यालयको विश्वास छ ।
आजको चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरूले PABSON द्वारा आयोजना हुने चित्रकला प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउने विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालय प्रशासनले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिँदै विजेता विद्यार्थीहरूलाई बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ ।
एड्भान्स एकाडेमी — पढाइसँगै सिर्जना, प्रतिभा र व्यवहारिक सिकाइमा जोड ।
