
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भुलभुले गाउँमा पँधेरो खोल्सामा आएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन् । लगातारको वर्षापछि पहिरो सक्रिय बनेसँगै स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।
स्थानीयका अनुसार दिलबहादुर गुरुङ, गोविन्द श्रेष्ठ, हीराबहादुर श्रेष्ठ र अमृत गुरुङका घर पहिरोको प्रत्यक्ष चपेटामा परेपछि उनीहरू सुरक्षित स्थानमा सरेका छन् । दिलबहादुर गुरुङको घर पूर्ण रूपमा पहिरोको जोखिममा परेपछि चारै परिवार आफ्नो घर छाड्न बाध्य भएका हुन् ।
घटनापछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नीलकण्ठ नगरपालिका, खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डलगायत सम्बन्धित निकायको टोलीले घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको छ । तस्वीरः सीताराम अधिकारी
