
गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२ मा बाख्रा चराउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । घटनामा पाँच वटा बाख्राको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ निवासी ५४ वर्षीया धनकुमरी गुरुङ रहेकी छन् ।
प्रहरीका अनुसार साउन ३ गते बाख्रा चराउने क्रममा बिजुलीको पोलमा करेन्ट सर्ट भएपछि पोलमा विद्युत् प्रवाह भएको थियो । सोही क्रममा धनकुमरी गुरुङ करेन्टको सम्पर्कमा आउँदा घटनास्थलमै उनको मृत्यु भएको हो ।
उक्त घटनामा उनीसँग रहेका पाँच वटा बाख्रा पनि करेन्ट लागेर मरेका छन् ।
मृतकको शव पोस्टमार्टमका लागि आरुघाट स्वास्थ्य केन्द्र ल्याइएको प्रहरीले जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
यस घटनापछि स्थानीयवासीले विद्युत् संरचनाको नियमित मर्मत–सम्भार र सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । तस्वीरः कपिन्द्र अधिकारीको फेसबुकबाट
