रास्वपाको राष्ट्रिय महाधिवेशनमा धादिङबाट ५० प्रतिनिधि, केन्द्रदेखि पालिकासम्मको प्रतिनिधित्व

Avatar photo
Dhadingpost
असार ४, २०८३

धादिङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा धादिङबाट ५० जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । केन्द्र, केन्द्रीय विभाग, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका तथा धादिङ–काठमाडौं सम्पर्क विभागबाट प्रतिनिधित्व हुने गरी धादिङको टोली महाधिवेशनमा सहभागी हुन लागेको हो ।

रास्वपा स्रोतका अनुसार धादिङबाट केन्द्रीय तह र केन्द्रीय विभागमा रहेका १२ जना, प्रदेश कार्यसमितिका ४ जना, जिल्ला कार्यसमितिका ५ जना, निर्वाचन क्षेत्र संयोजक तथा उपसंयोजक ४ जना, पालिकास्तरबाट २४ जनाधादिङ–काठमाडौं सम्पर्क विभागबाट १ जना गरी कुल ५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

केन्द्रीय तह र केन्द्रीय विभागबाट बसुमाया तामाङ, उपेन्द्र पाण्डे, विष्णु पुरुष श्रेष्ठ, आरके ढुङ्गाना, बोदनारायण श्रेष्ठ, सितलचन्द्र धरेल, अनिल अधिकारी, रामप्रसाद सापकोटा, साजन सिलवाल, शिव सिलवाल, नवराज अर्याल, केशवराज अधिकारी प्रदेश समितिबाट कृष्णमान शाक्य, सागर गौली, विकास चेपाङ र सचिन अधिकारी , प्रकाश सुवेदी प्रतिनिधिका रूपमा रहनेछन् ।

जिल्ला कार्यसमितिबाट राजन अर्याल, श्रावण त्रिपाठी, राम भण्डारी, श्रीराम आचार्य र उषा कार्की महाधिवेशन प्रतिनिधि रहेका छन् भने धादिङ–काठमाडौं सम्पर्क विभागबाट अजय श्रेष्ठ सहभागी हुनेछन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. १ बाट रामजीप्रसाद पाठक र अमृता केसी तथा निर्वाचन क्षेत्र नं. २ बाट राजेन्द्र अधिकारी र ओमप्रसाद काराखेती महाधिवेशन प्रतिनिधिका रूपमा चितवन जानेछन् ।

पालिकास्तरबाट नीलकण्ठ नगरपालिकाबाट रिठ्ठे अछामी, विष्णु सिटौला र अम्बिका घिमिरे, धुनीबेसी नगरपालिकाबाट सुदीप पाठक, सुरेश गजुरेल र समिर रेग्मी, सिद्धलेक गाउँपालिकाबाट गोविन्द अर्याल र सुनिल ढकाल, थाक्रेबाट सबिन सुवेदी र सरोज गजुरेल, गल्छीबाट कुमार रिमाल र राजु सुनार, गजुरीबाट मिलन डल्लाकोटी र कृष्णबहादुर सुवेदी, गंगाजमुनाबाट उत्तम गुरुङ र भीमराज नेपाल, बेनीघाट रोराङबाट विष्णुहरी सिटौला र महेन्द्रराज काफ्ले, ज्वालामुखीबाट तेजबहादुर अर्याल र फणिन्द्र इटनी, त्रिपुरासुन्दरीबाट मनोज केँडेल र सुमन घर्ती तथा नेत्रावती डबजोङबाट उत्तम अधिकारी र भीमकुमार गुरुङ प्रतिनिधिका रूपमा सहभागी हुनेछन् ।

रास्वपाको दोस्रो राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिहरूले पार्टीको भावी नीति, संगठन विस्तार, नेतृत्व चयन तथा राजनीतिक कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णयमा सहभागिता जनाउने अपेक्षा गरिएको छ । धादिङबाट सहभागी हुने ५० सदस्यीय प्रतिनिधिमण्डलले पनि जिल्लाको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने तयारी गरेको जनाएको छ ।