धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

Avatar photo
Dhadingpost
जेष्ठ १२, २०८३

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि अधिकांश खेलका खेलाडी छनोट प्रतियोगिता सम्पन्न गरिसकेको जनाएको छ ।

समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरका अनुसार ब्याडमिन्टन, बुद्धिचाल र टेबल टेनिस बाहेक अन्य अधिकांश खेलका छनोट प्रतियोगिता सम्पन्न भएका छन् ।

भलिबल, फुटबल, कराते, एथलेटिक्स, क्रिकेट तथा तेक्वान्दो विधाका खेलाडी छनोट प्रक्रिया सम्पन्न भइसकेको उनले जानकारी दिए । बाँकी खेलका छनोट प्रतियोगिता पनि छिट्टै सम्पन्न गरिने जनाइएको छ ।

तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता जेठ २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने तय भएको छ । प्रतियोगितामा आईटिएफ तेक्वान्दो, उसु, एथलेटिक्स, टेबल टेनिस, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, बक्सिङ, तेक्वान्दो, कराते, बुद्धिचाल, फुटबल, क्रिकेट, भलिबल तथा जुडो लगायतका खेल समावेश गरिएका छन् ।