
परदेशको हावाले मेरा यी शरीर मात्रै छोयो,
यो मन त अझै नेपालमै बाँचेको छ ।
विदेशका यी झिलिमिली शहरहरुबीच पनि,
गाउँको त्यो धुलो माटो नै मनमा सजेको छ ।
एक दशक मार्कर र किताबसँग बिताएँ,
शिक्षण पेसाप्रतिको माया अझै मुटुमा बसेको छ ।
समयले केही टाढा ल्यायो देशदेखि मलाई,
तर देशप्रतिको प्रेम कमी कहाँ भएको छ र ?
यहाँ मुस्कुराएको मात्रै देख्छन् यी मेरो अनुहार,
भित्र भित्रै कति मातृभूमि रोएको छ ।
आमाको आवाज अनि त्यो गाउँको बाटो,
विद्यालयको घण्टीले अझै बोलाएको छ ।
म फर्किनेछु आमा फेरि आफ्नै आँगनमा,
यो सपना आँखाभरि सजिएको छ ।
यो नेपाली मन जहाँ पुगे पनि,
अन्तिम साससम्म देशमै जोडिएको छ ।
दिपेश बसौला
पूर्व शिक्षक
हाल अष्ट्रेलिया बाट ।
