पतञ्जलि योग धादिङको पद हस्तान्तरण तथा पहिलो बैठक सम्पन्न

Avatar photo
Dhadingpost
जेष्ठ २, २०८३

धादिङ । पतञ्जलि योग धादिङसँग सम्बन्धित तीनवटा समितिको नवगठित कार्यसमितिको पहिलो बैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

बैशाख २२ गते सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष गोविन्दकुमार श्रेष्ठ र कमला श्रेष्ठले पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रम नीलकण्ठ नगरपालिका–८ स्थित विन्दु केशरा साधना केन्द्रमा सम्पन्न भएको थियो ।

महिला पतञ्जलि योग समिति धादिङकी सोसल मिडिया प्रभारी सुशिला रिजालका अनुसार बैठकले जिल्लाभर साधना केन्द्र विस्तार गर्ने निर्णय गरेको छ । योग, ध्यान तथा स्वस्थ जीवनशैलीलाई गाउँ–गाउँसम्म पु¥याउने उद्देश्यसहित समितिले आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

अधिवेशनबाट पतञ्जलि योग समितिको प्रभारीमा बद्री प्रसाद सुवेदी, सह–प्रभारीमा गणेश कुमार श्रेष्ठ र दीप नारायण खतिवडा (शिवराम), महामन्त्रीमा कुमार बहादुर बुढाथोकी, संगठन मन्त्रीमा कृष्ण प्रसाद लम्साल, कोषाध्यक्षमा शरण कुमार श्रेष्ठ तथा मन्त्रीमा राजेन्द्र ढुंगाना चयन हुनुभएको छ ।

त्यस्तै योग प्रशिक्षण प्रभारीमा पदम कुमार तामाङ र सोसल मिडिया प्रभारीमा पहलमान श्रेष्ठ चयन हुनुभएको छ भने सदस्यहरूमा भुवन कडेल, सादुराम ढकाल, कृष्ण प्रसाद अधिकारी, रामबहादुर श्रेष्ठ, जयराम अर्याल, पुष्प थपलिया र कृष्णराम कडेल रहनुभएको छ ।

महिला पतञ्जलि योग समितिको प्रभारीमा राममाया बुढाथोकी, प्रशिक्षण प्रभारीमा भगवानी अधिकारी तथा सोसल मिडिया प्रभारीमा सुशिला रिजाल चयन हुनुभएको छ । सदस्यहरूमा गोमा रिमाल रुपाखेती, मञ्जु त्रिपाठी, अस्मिता रिमाल, दुर्गा अधिकारी, विन्दा ढुंगाना, सीता खनाल र लक्ष्मी सिलवाल रहनुभएको छ ।

यस्तै युवा समितिको संरक्षकमा दीपक अर्याल, संयोजकमा रमेश अधिकारी, सह–संयोजकमा ललिता रेग्मी, संगठन सचिवमा राजाराम खतिवडा र कोषाध्यक्षमा गीता पाण्डे चयन हुनुभएको छ । सदस्यहरूमा मेलिना श्रेष्ठ, विष्णु श्रेष्ठ, यशोधा खनाल, दिलकुमारी मगर, सान्त्वना सुवेदी, हरिराम खतिवडा, अथर्व मैनाली र सुस्मिता बिसुन्खे रहनुभएको छ ।

नवगठित समितिका पदाधिकारीहरूले योगमार्फत स्वस्थ समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।