
धादिङ । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङको आयोजनामा सिनियर बेल्ट खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख तथा तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले ग्रेडिङ निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
ग्रेडिङ कार्यक्रममा संघका अध्यक्ष रबिन भुजेलसहित जिल्लाका विभिन्न डोजाङका प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा २३ जना खेलाडी सहभागी भएका थिए ।
संघले यस्ता गतिविधिले जिल्लामा तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने जनाएको छ ।
