धादिङ मालपोतमा RAT को निगरानी, बढी शुल्क लिने विरुद्ध चेतावनी

Avatar photo
Dhadingpost
चैत्र १७, २०८२

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट Rapid Action Team (RAT) धादिङले मालपोत कार्यालयमा हुने सेवा प्रवाहलाई पारदर्शी बनाउन निगरानी सुरु गरेको छ ।

RAT धादिङका संयोजक दिपक अधिकारीका अनुसार सेवाग्राहीहरू ठगिने तथा अनियमित आर्थिक कारोबार हुने गुनासो बढेपछि RAT ले निगरानी थालेको हो ।

RAT ले मालपोत कार्यालय परिसरमा सेवा शुल्कसम्बन्धी जानकारी स्पष्ट रूपमा देखिने गरी ६ वटा फ्लेक्स प्रिन्ट राखेको जनाएको छ । साथै, भू–सेवा केन्द्र सञ्चालन गरिरहेका सबै व्यवसायीलाई आफ्ना कार्यालयमा अनिवार्य रूपमा सेवा शुल्कको चार्ट राख्न आग्रह गरिएको छ ।

RAT धादिङले तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिएको पाइएमा सम्बन्धित निकाय वा उपलब्ध गराइएको सम्पर्क नम्बरमा जानकारी गराउन सर्वसाधारणलाई अपिल गरेको छ।

यस पहलले सेवाग्राहीलाई ठगीबाट जोगाउने तथा सेवा प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।