
काठमाडौं । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले बदली सुरु भइसकेको छ भने शुक्रबारदेखि यस वर्षकै प्रिमनसुनको सबैभन्दा ठूलो वर्षा हुने अनुमान गरिएको छ ।
मौसमविदका अनुसार यो प्रणाली देशभर फैलिनेछ र धेरै ठाउँमा चट्याङ, हावाहुरी तथा असिनापानीसहित वर्षा गराउनेछ । पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको छ ।
सावधानी:
- शुक्रबार र शनिबार अत्यावश्यक बाहेक यात्रा नगर्न सुझाव
- पहाडी तथा हिमाली पदयात्रा नगर्न आग्रह
- खुला स्थानमा नबस्न र चट्याङबाट जोगिन सतर्क रहन अनुरोध
प्रिमनसुनको समयमा दिउँसोपछि हावाहुरी चल्ने सम्भावना बढी रहने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
