राजेन्द्र प्रसाद पाण्डेले १० बजे गजुरी २ वडा कार्यालय मतदान केन्द्रमा गर्दै

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०८२

धादिङ । धादिङ क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आज बिहान १० बजे गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

निर्वाचनको दिन आफ्ना समर्थक तथा मतदातालाई शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन उनले आग्रह गरेका छन् ।

धादिङ १ का विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ । सुरक्षा व्यवस्थासहित मतदान कार्य शान्तिपूर्ण रूपमा अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।