
धादिङ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै धादिङ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन होटल व्यवसाय राति ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मिति २०८२ फागुन १६ गतेदेखि अर्को निर्णय नभएसम्म रात्रीकालीन होटल व्यवसाय राति ८:०० बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने र त्यसपछि बन्द गर्नुपर्ने जनाएको छ ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्बन्धित सबै व्यवसायी तथा सरोकारवालालाई सूचनाको पालना गर्न प्रशासनले आग्रह गरेको छ । फाईल तस्वीर




