
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रमेश धमला लाई रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापामा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन्।
चुनावी अभियानका क्रममा लापा पुगेका उम्मेदवार धमलालाई स्थानीयले मावि प्राङ्गणमा स्वागत गरेका हुन्। कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
स्वागत कार्यक्रममा सहभागी स्थानीयले उम्मेदवार धमलासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका समस्या र आवश्यकताबारे जानकारी गराएका थिए।
धमलाले पनि स्थानीय विकास, पूर्वाधार सुधार र जनजीविकासँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
चुनाव नजिकिँदै जाँदा उम्मेदवार धमलाले विभिन्न गाउँ तथा बस्तीमा पुगेर मतदातासँग भेटघाटलाई तीव्रता दिएका छन्।


