
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ का घण्टी बहाक उम्मेदवार बोधनारायण श्रेष्ठले ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ र ५ मा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा उम्मेदवार श्रेष्ठले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो प्रतिबद्धता र योजनाबारे जानकारी गराएका थिए ।
घरदैलो अभियानमा स्थानीय कार्यकर्ताको सहभागिता रहेको थियो । उम्मेदवार श्रेष्ठलाई साथ दिन नुवाकोटबाट कलाकार स्वस्तिका लामिछाने समेत सहभागी भएकी थिइन् ।
यसैबीच फागुन १४ गते अभिनेत्री रेजिना उप्रेती र रवि लामिछाने धादिङ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम रहेको बताइएको छ ।


