धादिङ–२ मा कांग्रेसको चुनावी प्रचार तीव्र, घरदैलो अभियानमा नेताहरू सक्रिय

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको चुनावी अभियान दिनप्रतिदिन सक्रिय बन्दै गएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश धमलाको समर्थनमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरू घरदैलो अभियानमा जुटिरहेका छन् ।

नीलकण्ठ नगरपालिका–८ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गानाले उम्मेदवार धमला योग्य र अनुभवी रहेको दाबी गर्दै मतदातालाई “दायाँ–बायाँ नसोची मतदान गर्न” आग्रह गरे । कार्यक्रममा कांग्रेस सभापति रामनाथ अधिकारीसहित पार्टीका अन्य नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेताहरूले कांग्रेसले जनमतअनुसार कानुन निर्माण गर्न सक्षम उम्मेदवार मैदानमा उतारेको दाबी गरेका छन् । पछिल्ला दिनहरूमा धमलाको घरदैलो कार्यक्रममा उल्लेख्य कार्यकर्ता सहभागिता देखिएको छ ।