१०औँ धादिङ महोत्सवमा उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरिने

Avatar photo
Dhadingpost
माघ १०, २०८२

धादिङ । धादिङ जिल्लामा उत्पादन भएका उत्कृष्ट कृषि बाली तथा कृषिजन्य उत्पादनलाई १०औँ धादिङ महोत्सव–२०८२ को अवसरमा पुरस्कृत गरिने भएको छ। कृषि विकास कार्यालयको सहकार्यमा कृषि उत्पादनसम्बन्धी प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिनेछ।

महोत्सव अन्तर्गत विभिन्न कृषि बालीमा उत्कृष्ट उत्पादन गर्ने कृषक, उन्नत बीउ, प्रविधि र उत्पादनलाई विशेष मूल्यांकन गरी पुरस्कार प्रदान गरिने कृषि समितिका संयोजकले जानकारी दिनुभयो। यस कार्यक्रमले जिल्लाका कृषकलाई प्रोत्साहन गर्नुका साथै आधुनिक तथा व्यावसायिक कृषितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

महोत्सवमा कृषिजन्य वस्तु तथा सामग्रीहरूको छुट्टै प्रदर्शनी कक्ष पनि रहनेछ, जहाँ धादिङका किसानले आफ्ना उत्पादनहरू प्रत्यक्ष रूपमा प्रदर्शन तथा बिक्री गर्न सक्नेछन्। आयोजक समितिले जिल्लाभित्रका सम्पूर्ण कृषकलाई आफ्ना उत्पादन महोत्सवमा ल्याई सहभागिता जनाउन आग्रह गरेको छ।

यस कार्यक्रममार्फत धादिङको कृषि सम्भावना उजागर गर्दै किसानको मेहनत र उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य लिइएको छ।