नेत्रावती डबजोङ गाउँपालिकामा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता आयोजना हुँदै

Avatar photo
Dhadingpost
पुस १८, २०८२

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता हुने भएको छ। गाउँपालिकाको कार्यपालिका कार्यालयले सूचना जारी गर्दै प्रतियोगिता २०८२ पुस २५ गते देखि सञ्चालन हुने जनाएको हो।

खेलहरू गाउँपालिका खेल मैदानमा आयोजना गरिनेछ। प्रतियोगितामा वडा स्तरीय महिला भलिबल टिमहरू सहभागी हुन सक्नेछन्।

आयोजकका अनुसार प्रतियोगिताले महिला खेलाडीको सहभागिता बढाउने, खेलकुद प्रतिभाको पहिचान गर्ने तथा स्थानीय तहमा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। खेल सञ्चालनसम्बन्धी सम्पूर्ण व्यवस्थापन आयोजक समितिले गर्नेछ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, द्वितीय हुने टिमले २० हजार रुपैयाँतृतीय हुने टिमले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।