नेकपा धादिङले ४९ आकांक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गर्‍यो

Avatar photo
Dhadingpost
पुस ११, २०८२

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङको आज बसेको जिल्ला कार्यालय बैठकले क्षेत्रीय समन्वय समितिबाट प्राप्त आकांक्षी उम्मेदवारहरूको नाम अनुमोदन गर्दै प्रदेश कार्यालयमा सिफारिस गरेको छ।

जिल्ला संयोजक मनराज भण्डारीका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ बाट गरी कुल ४८ जना आकांक्षी उम्मेदवारको नाम प्रदेशमा पठाइएको हो।

उनका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट राष्ट्रिय सभातर्फ १ जना, प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ११ जना गरी जम्मा २० जनाको नाम सिफारिस गरिएको छ।
यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट राष्ट्रिय सभातर्फ ४ जना, प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १७ जना गरी २९ जनाको नाम प्रदेशमा पठाइएको छ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १

प्रत्यक्षतर्फ
राजेन्द्रप्रसाद पाण्डे (पूर्व एस),
गंगालाल तुलाधर (पूर्व एस),
सुवास खतिवडा (पूर्व एस),
कुमारप्रसाद पाण्डे (पूर्व एस),
दिपक लामिछाने (पूर्व माओवादी केन्द्र),
पित्तबहादुर डल्लाकोटी (पूर्व माओवादी केन्द्र),
उर्मिला श्रेष्ठ,
विवेक पोखरेल (जेन्जी समूह)

समानुपातिकतर्फ
सीता ढुङ्गाना,
संगिता कडेल,
उर्मिला श्रेष्ठ,
गौगात्री चौलागाईं,
गंगालाल तुलाधर,
सूर्य तामाङ,
खेम भुजेल,
बुद्ध गुरुङ,
हिराबहादुर थापामगर,
रामशरण सेन्चुरी,
भरत बराकोटी (अपाङ्गता कोटाबाट)

राष्ट्रिय सभातर्फ
शालिकराम अर्याल

प्रतिनिधिसभा क्षेत्र नम्बर २

प्रत्यक्षतर्फ
रामबहादुर भण्डारी (पूर्व माओवादी केन्द्र),
जगत सिंखडा (पूर्व माओवादी केन्द्र),
पुष्पविक्रम मल्ल (पूर्व माओवादी केन्द्र),
अञ्जन थापा (पूर्व एकीकृत समाजवादी),
नवराज गौली (पूर्व एकीकृत समाजवादी),
अनिल रिजाल (पूर्व एकीकृत समाजवादी),
सरला धमला (पूर्व माओवादी केन्द्र),
शिशिर तामाङ (जेन्जी समूह)

समानुपातिकतर्फ
दिपा सिंखडा,
गुरु बुर्लाकोटी,
इन्दिरा ढुङ्गाना,
शोभा ढंगोल,
कृष्णबहादुर दाहाल,
बेदनिधि अधिकारी,
लिलामणि न्यौपाने,
लक्ष्मी थापामगर,
तिलक थापामगर,
उमेश घले,
सन्दीप स्याम्चेन,
शान्त विक्रम बानियाँ,
भिम परियार,
रामबहादुर बस्याल,
सिलास तामाङ,
एलिजर तामाङ,
सरला धमला

राष्ट्रिय सभातर्फ
मोहन कार्की
विष्णु पुकार श्रेष्ठ
कमल सापकोटा
गुरु बुर्लाकोटी

जिल्लाबाट सिफारिस भई आएका आकांक्षी उम्मेदवारहरूको नाम प्रदेश समन्वय समितिले आवश्यक मूल्याङ्कन गरी केन्द्रमा पठाउने संयोजक भण्डारीले जानकारी दिए। प्रदेशबाट पनि आवश्यक संख्या भन्दा बढी नाम सिफारिस भएमा पार्टी केन्द्रले नै अन्तिम निर्णय गर्ने उनले बताए।