शनिबार सम्म देशभर झरि पर्ने भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई सतर्कता रहन आग्रह

Avatar photo
Dhadingpost
असार १७, २०७३

धादिङ असार १७mgikahsmcdkk8fcshjb9

जेठको अन्तिम दिन नेपाल भित्रिएको मौसम अब भने सक्रिय हुदै जाने भएको छ । देशको बिभिन्न भूभागमा शुक्रवार झरि पर्ने भएको छ । यो क्रम शनिबारसम्म देशभर झरी पर्ने मौसमविद्ले बताएका छन् । पूर्व र पश्चिमी क्षेत्रका केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् सुजन सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार बंगालको खाडी र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्व र पश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ । अरु ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने उहाँले जानकारी दिनुभयो । गत वर्षको बैशाख १२ गतेको भूकम्पले हल्लाएको जमिन कमजोर भ्रएको हुदा पानी परेपछि पहिरो जान सक्ने भएकोले सजकता अपनाउन महाशाखाले अनुरोध गरेका छन ।