मिलनटोलस्थित एक घरबाट सुनका गरगहना चोरी

Avatar photo
Dhadingpost
अशोज १२, २०८२

धादिङ । धादिङ नीलकण्ठ नगरपालिका–३ मिलनटोलस्थित धनमाया तामाङको घरबाट सुनका गरगहना चोरी भएको छ ।

घरधनी धनमाया तामाङका अनुसार घटना साँझको समयमा भएको हो । “हामी श्रीमान्–श्रीमती घरको छतमा रहेका बेला चोर घरभित्र पसेर सुनका गहना चोरी ग¥यो,” उनले बताइन् । तस्वीर साङ्केतिक

हराएका गहनाहरू :

  • हरियो पोतेमा भएको छड्के तिलहरी – १ थान
  • माइली तिलहरी – २ थान
  • मंगलसूत्र – १ थान

यो घटना असोज १० गते साँझको हो । यस घटनापछि घरधनी पक्षले शंकास्पद व्यक्तिको निगरानी गर्न, साथै बिना बिलको सुनका गहना खरिद नगरी तुरुन्तै प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गरेको छ ।

सम्पर्कका लागि : ९८६१३४४८३५,९८६०५०२४५८

x