
धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा आजदेखि पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता सुरुवात भएको छ ।
यस वर्षको प्रतियोगितामा कुल ३२ टिमले सहभागिता जनाउनेछन् । पहिलो दिन आज सम्पन्न खेलहरूमा विभिन्न टिमबीच उत्साहजनक प्रतिस्पर्धा भएका छन्।
आजका खेलका नतिजा :
पहिलो चरणको पहिलो खेल
कुपा युवा समाज – ३
साईकोले युवा क्लब – १
पहिलो चरणको दोस्रो खेल
सामरी युवा क्लब (सामरी) – ०
जनआवाज युवा क्लब (माने) – १
पहिलो चरणको तेस्रो खेल
मेन्दोफोले युवा क्लब (काउले) – ३
मेन्दोमाया युवा क्लब (सिद्धलेक) – ०
पहिलो चरणको चौथो खेल (पेनाल्टी सुटआउट)
विद्यार्थी उपकार संघ (पात्ले) – ३
ब्रदी युवा क्लब – ५
पुरस्कार तथा आकर्षण :
प्रतियोगितामा फुटबलतर्फ प्रथम हुने टोलीले १ लाख १ सय रुपैयाँ नगदसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुनेले ५० हजार १ सय रुपैयाँ पाउनेछन् भने सेमिफाइनलमा रोकिएका दुई टोलीलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ।
यस्तै, प्रतियोगिताको समापन दिवस असोज २१ गते आयोजना हुने ५ किलोमिटर मिनी म्याराथनमा विजेताले २३ हजार रुपैयाँ र द्वितीय हुनेले ११ हजार ५०० रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जानकारी दिएको छ।
यस अघिका संस्करणहरूमा को विजयी भएका थिए?
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम














