पाँचौं कुपा कप असोज ११ देखि, फुटबल तर्फ ३२ टिम सहभागी हुने

Avatar photo
Dhadingpost
अशोज ९, २०८२

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा असोज ११ देखि २१ गतेसम्म पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ३२ टिम सहभागी हुने भएका छन् ।

आयोजक समितिका अनुसार यस वर्षको कुपा कपमा फुटबलसँगै मिनी म्याराथन दौड पनि आयोजना गरिनेछ । साथै, गत संस्करणको तुलनामा दुवै विधामा पुरस्कार रकम वृद्धि गरिएको छ ।

फुटबलतर्फ प्रथम हुने टिमले १ लाख १०० रुपैयाँ, द्वितीय हुने टिमले ५० हजार १०० रुपैयाँसहित आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा रोकिएका दुई टिमलाई जनही १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी, असोज २१ गते हुने फाइनल खेलसँगै ५ किलोमिटरको मिनी म्याराथन दौड आयोजना हुनेछ । दौडतर्फ प्रथम हुनेले २३ हजार र द्वितीय हुनेले ११ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस अघिका संस्करणहरूमा को विजयी भएका थिए?

x