
धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा आगामी असोज ११ देखि २१ गतेसम्म सञ्चालन हुने पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता र असोज २१ गते हुने खुल्ला मिनी दौडका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रतियोगिता सञ्चालनका लागि केही दिनअघि मात्र सामाजिक सञ्जालमार्फत संकलन अभियान सुरु गरिएको हो। सो अभियानअन्तर्गत अहिलेसम्म सोम तामाङ र बुद्धिमान तामाङले १५–१५ हजार रुपैयाँ, सुकबहादुर तामाङले १५ हजार रुपैयाँ, कृष्णबहादुर तामाङले १० हजार रुपैयाँ, रावकुमार तामाङले ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै नारायण तामाङ र बुद्धिमान तामाङले संयुक्त रूपमा ५ हजार, सन्तोष गुरुङले ५ हजार, राजेश गुरुङले ५ हजार, विशाल तामाङले ५ हजार, तार्केश्वरका विशाल तामाङले २ हजार, बोधप्रसाद नेपाल (बासु) ले २ हजार र अबिराज तामाङले १ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष हर्क तामाङले जानकारी दिए ।
यस वर्षको कुपा कपमा फुटबल र दौड दुवै विधामा पुरस्कार रकम गत संस्करणभन्दा बढाइएको आयोजक समितिले जनाएको छ। फुटबलतर्फ प्रथम हुने टिमले १ लाख १०० रुपैयाँ, द्वितीय हुने टिमले ५० हजार १०० रुपैयाँसहित आकर्षक ट्रफी, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछन्। सेमिफाइनलमा रोकिएका दुई टिमलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, असोज २१ गते हुने फुटबल फाइनलसँगै ५ किलोमिटरको मिनी म्याराथन दौड पनि आयोजना गरिनेछ। दौडमा प्रथम हुनेले २३ हजार र द्वितीय हुनेले ११ हजार ५०० रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।


यस अघिका संस्करणहरूमा को विजयी भएका थिए?
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम

