बेनीघाट रोराङको “शिक्षाको लागि भिक्षा” भागवतको तयारी तिब्र

Avatar photo
Dhadingpost
माघ ८, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले यहि माघ १७ देखि २३ गते सम्म “शिक्षाको लागि भिक्षा” अभियान अन्तरगत वडा नं. ७ स्थित चरौंदी खेल मैदानमा हुने श्रीमद्‍भागवत सप्ताह ज्ञान महायज्ञको तयारीलाई तिब्र बनाईएको छ ।

अहिले बेनीघाट रोराङका स्थानीय एवम् “शिक्षाको लागि भिक्षा” प्रेमिहरुले आफ्नो सामाजिक संजालमा उक्त भागवतको प्रचार गरि रहेका छन् भने गाउँपालिकाले सूचना, प्रचा र अन्य संचार माध्यमबाट प्रचारलाई तिब्रता दिएका छन् ।

मञ्‍जरी राधिका दासीको मुखारबिन्दबाट भागवतको कथा वाच हुने उक्त सप्ताह महायज्ञ नितान्त धार्मिक मात्रै नभएर बेनीघाट रोराङको शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई टेवा पुर्याउने गाउँपालिकाका प्रमुख कृष्णबहादु थपलियाले विश्वास गरेका छन् ।

यो अभियानमा धेरै भन्दा धेरै जनालाई जोड्न चाहान्छौं । थोरै थोरै सहयोगले बेनीघाट रोराङको शिक्षाको व्यवस्थापन पाटोमा नयाँ फड्को मार्नेमा कुनै शङ्का नरहेको प्रमुख थपलियाको दावी छ ।

“शिक्षाको लागि भिक्षा” अभियान अन्तरगत हुन लागेको उक्त श्रीमद्‍भागवत सप्ताह ज्ञान महायज्ञ बेनीघाट रोराङका १४७ जना कर्मचारी एक महिनाको तलब करिव ४७ लाख रुपैंया भागवतमा दान दिने घोषणा गरि ससकेका छन् ।