बेनीघाट रोराङका कर्मचारीले करिव ४७ लाख दान दिने

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ४, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले यहि माघ १७ देखि २३ गते सम्म “शिक्षाको लागि भिक्षा” अभियान अन्तरगत वडा नं. ७ स्थित चरौंदी खेल मैदानमा श्रीमद्‍भागवत सप्ताह ज्ञान महायज्ञ संचालन गर्दै छ ।

उक्त महायज्ञमा बेनीघाट रोराङमा कार्यरत सबै कर्मचारीहरुले एक महिनाको तलव करिव ४७ लाख रुपैंया दान दिने भएका हुन् । बेनीघाट रोराङमा प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेको नेतृत्वमा १४७ जना कर्मचारीहरु कार्यरत छन् ।

हामी सबै कर्मचारीहरुको बैठकले स्वीच्छिक रुपमा एक महिनाको तलव पालिकाको “शिक्षाको लागि भिक्षा” अभियान अन्तरगत हुने महायज्ञमा दान दिने निर्णय गरेका हौं । यो अभियानमा अन्य पालिकाहरुका कर्मचारी समेत जोडिने सूचना अधिकारी एवम् प्रशासन शाखा, योजना तथा अनुगमन शाखा प्रमुख परशुराम घिमिरेले धादिङपोष्टलाई बताए ।

महत्वपूर्ण अभियान सफल बनाउन मञ्‍जरी राधिका दासीको मुखारबिन्दबाट भागवत महायज्ञ गर्न गहिरहेका छौं । देश तथा विदेशमा रहेका सबै जना यस अभियनामा जोडिनेमा आफु ढुक्क रहेको पालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताए ।

बेनीघाट रोराङले शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि कालिका आवासिय विद्यालय सञ्चालन गरेको छ । उच्च कुपोषण, भोकमरी र बालबालिकाले विद्यालय छाड्ने दर जस्ता चुनौतिसँग हामी जुधिरहेका छौं । कुपोषण र भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको सुनिश्चितताका लागि महायज्ञ आयोजना गरिएको उनले बताए ।