कविता इटनी कांग्रेसको महिला विभागमा मनोनित

Avatar photo
Dhadingpost
भदौ ६, २०८१

धादिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम धादिङकी कविता इटनीलाई केन्द्रिय महिला विभागमा मनोनित गरेका छन् ।

इटनी २०५९ मा ने वि संघ धादिङको कोषाध्यक्ष, १२ औं अधिबेशनमा नेपाली काङ्ग्रेस धादिङ जिल्ला सदस्य, १३ औं अधिबेशनमा नेपाली काङ्ग्रेस जिल्ला सह सचिव, नेपाली काङ्ग्रेस महासमिति सदस्य, नेपाल महिला संघ केन्द्रिय सदस्य हुँदै हाल महिला बिभाग केन्द्रिय सदस्य मनोनित भएकी हुन् ।