धादिङबेसी जेष्ठ १० । एकता हुनु अधिका एमाओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारी नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा परेनन् भने जिल्ला सचिव धनबहादुर बुर्लाकोटी केन्द्रिय सदस्य बनेका छन् ।
दुई छोरा बेपत्ता परिएका भण्डारी युद्धकालिन घाईते हुन् उनलाई जनयुद्धकालमा सेनाले गोली हानी मर्यो भनि फालेको अवस्थामा जनताले उद्दार गरि बचेका नेता हुन् ।
पार्टी गुटका हिसावले टाढा रहने अध्यक्ष भण्डारी केन्द्रिय सदस्यमा नपर्नु र सचिव केन्द्रिय सदस्यमा पर्नुले माओवादी कार्यकर्ताहरु केन्द्रिय नेतृत्वसँग आक्रोशित बनेका छन् ।
३ नम्बर प्रदेश सेक्रेटरी नारायण दाहालले अध्यक्षको नाम सिपारिस नगरे पछि यस्तो हुन बताईएको छ । आज बसेको ३ प्रदेशको वैठकले भण्डारीलाई सिफारिस नहुन गम्भिर गल्तीभएको भन्दै आज पुनः छुट भएको भनि केन्द्रिय सदस्यमा सिफरिस गरिएको धादिङपोष्टलाई नेता हितबहादुर तामाङले जानकारी दिनु भयो ।
