योजना तथा कार्यक्रमको रकम भुक्तानी सम्बन्धी अत्यन्त जरुरी सूचना

Avatar photo
Dhadingpost
जेष्ठ ८, २०८१

प्रस्तुत आर्थिक वर्षमा यस कार्यालयसँग सम्झौता गरी सञ्चालनमा रहेका सबै आयोजना तथा विषयमा चालू कार्यक्रमहरुको अन्तिम भुक्तानीका लागि आवश्यक सबै कागजात सहित मिति : २०८१/०३/१० गतेसम्ममा यस कार्यालयमा फाइल पेश गर्नहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा ७ दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरेर भुक्तानी निकासा बन्द गरी संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त भएको निकासा खर्च नभई बाँकी रहेमा बाँकी रहेको (फिर्ता गर्नुपर्ने प्रकृतिका) रकम समेत फिर्ता गरिसक्नुपर्ने भएको तथा असार महिनाको अन्त्यतिर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा अत्याधिक चाप पर्न गई सिस्टममा खर्च लेखांकन कार्य प्रभावित हुने साथै नियमावली बमोजिम सुत्र प्रणाली बन्द हुने जानकारी गराउँदै २०८१/०३/१० भन्दा ढिलो गरी आयोजना तथा कार्यक्रमहरुको भुक्तानी माग भई आउँदा माथि उल्लिखित कारणले रकम भुक्तानी हुन नसकेमा कार्यालय जिम्मेवार हुने छैन ।
(मान बहादुर बराल)
प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बराल
प्रमुख प्रशासकीय अधिकृत

x