बाल विवाह अन्त्यका लागि जनचतना

Avatar photo
Dhadingpost
चैत्र १६, २०७२

विक्रम अधिकारी
धादिङ किराञ्चोक चैत्र १६ । असल नागरिकको इक्षा, घर घरमा बाल बिबाह अन्यको क्षिक्षा भन्ने मुल नाराको साथ जनचेतना मुलक लोक गित प्रतियोगिता सम्पन्न भएको छ।
किरान्चोक उच्च माध्यमिक बिध्यालय किरान्चोक १ प्रबाङ मा सम्पन्न भएको कार्यक्रम मा किरान्चोक भरका विभिन्न बिध्यालयका बाल क्लब, किशोरी समूह तथा किरान्चोक का विभिन्न आमा समुह हरुको सहभागिता रहेको थियो।
गाउँ बाल संरक्षण तथा सम्बर्द्धन उप समिति किरान्चोक को आयोजना तथा फोकस नेपाल र सेभ द चिल्ड्रेन को समन्वय मा सम्पन्न भएको कार्यक्रम मा गाउँ बाल संरक्षण तथा सम्बर्द्धन उप समिती किरान्चोक का संयोजक तिर्थ दुवडी को सभापतित्व मा सम्पन्न भएको थियोे।
प्रतियोगितामा सदबहार बाल क्लब किरान्चोक उच्च मा बि प्रथम, स्याङ्मै डाडा आमा समूह किरान्चोक ८ दोस्रो, सगरमाथा बाल क्लब पन्चकन्या निमाबी तेर्सो र सिर्जन्सिल किशोरी समूह किरान्चोक कटुन्जे माबी, जुनियर रेड्क्रस सर्कल र कक्षा ६ का समूह किरान्चोक उच्च माबी लगायत का समूह ले सान्त्वना स्थान हसिल गरेका छन् ।
प्रतियोगिता मा प्रथम, दिस्रो, तेस्रो र सान्त्वना स्थान हसिल गर्ने समूहहरुलाई क्रमश रु १५००, १२००, १००० र ५०० र ५०० रुपैया बितरण गरिएको छ ।