अमेरिकी डलर देखाई ठगी गर्ने चार जना पक्राउ

Avatar photo
Dhadingpost
पुस २१, २०७९

हेटौडा । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्वर ३ बस्ने २१ वर्षीय सोम बबहादुर बम्जन, ३३ वर्षीय दिबस बम्जन, सोही नगरपालिका–४ बस्ने २८ वर्षीय कान्छा तामाङ र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ३ बस्ने २८ वर्षीय सुक्र तामाङ अबैध अमेरिकी डलर देखाई ठगि गरेको अभियोगमा पक्राउ परेका छन् ।

बुधबार अपराह्न ३ बजेर २० मिनेटको समयमा उक्त स्थानमा अवैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरु भएको भन्ने विशेष सूचनाको आधारमा पुगेको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक केशव कुमार न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट बा ५० प ९३७२, बा.प्र.०२–०३४ प ४२८७, बा.प्र.०२–०१९ प ९६२६ नम्वरको मोटरसाइकल, अमेरिकी डलर १७४१ र नेपाली ६ हजार २१० रुपैयाँ बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।